रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
काठमाडौँ– कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरीले पार्टीका समर्थक डा. निकोलस भुसाललाई पक्राउ गरेको छ।
भुसाललाई आइतबार काठमाडौँको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। थप अनुसन्धानका लागि भुसाललाई पोखरा पठाउँने तयारी छ।
भुसालले लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीको मनिटरमा खिचेको स्वीकार गरेका थिए। गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले सामाजिक सञ्जाल मार्फत बताएका थिए।
‘मैले प्रहरीकै अगाडि रवि लामिछाने सुतिरहेको फोटो सिसिटिभीमा खिचेको हुँ। त्यतिबेला प्रहरीले केही भनेन। यस्तो होला भनेर थाहा पनि भएन, गल्ती भयो।’ उक्त फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालको भनाइ छ। आफू रास्वपाको सदस्य नभएको समेत उनले बताएका थिए।
पछि लामिछानेलाई भेट्न जाँदा मोबाइल प्रहरीलाई बुझाएको पनि भुसालले बताए। कास्की प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई मोबाइलसमेत भित्र लैजान दिएको छैन। लामिछाने पक्राउ परेदेखि कास्की प्रहरी कार्यालयमा अरू प्रयोजनमा जाने सेवाग्राहीलाई पनि मोबाइल लैजान रोक लगाएको छ।
भुसालले भने प्रहरी गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको बताएका छन्। तर, निकोलसले रविका सहयोगी दीपक बोहोराको योजनामा फोटो खिचेको र योजनावद्ध रुपमा भाईरल बनाईएको ह्वाट्सएप च्याट वाहिरिएका छन्। बोहोराले भने त्यो च्याट वास्तविक नभएर आफनो नामबाट नक्कली एकाण्ट बनाएर तयार गरिएको दावी गरेका छन्।
यो पनि,
- रवि र निकिताको विवाहका लागि ऋण दिने सहकारीका तत्कालिन अध्यक्ष र कोषाध्यक्ष पक्राउ
- रवि भन्छन्ः चेकको दुरुपयोग भयो, एकाउन्टेण्ट भन्छनः किस्ता तिर्ने चेकमा रविले हस्ताक्षर गर्थे
- दोस्रो पटक निलम्वन हुदैछ रवि लामिछानेको सांसद पद, मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पठाईँदै
- रवि विरुद्ध ३ वटा कसुरमा मुद्दा, सम्पत्ति जफतको माग गर्दै पत्नी निकितालाई पनि बनाईयो प्रतिवादी
- रवि लामिछानेको भाईरल फोटोले भुसाल र बोहोरालाई तनाव, के हो २ जनाको ‘भर्चुअल सम्वाद’ को बास्तविक्ता?
- यस्तो छ रवि लामिछानेको भन्दै भाईरल बनाईएको फोटोको बास्तविक्ता, फोटो हाल्ने मान्छे खोज्दै प्रहरी
- इजलाशमा रविको असन्तुष्टिपछि न्यायाधीशले भने–तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ
- छैन रवि लामिछाने छुट्ने सम्भावना, हिरासतमै वित्न सक्छ अरु ३ महिना
- रवि दम्पत्तीको फिल्मी स्टाईलको फोटो राखेर ज्वालाको चेतावनीः रवि कुर्सीमा पुगेको दिन के होला याद गर
- रवि लामिछानेका पूर्व पार्टनर छविलाल जोशी विरामी, गण्डकी मेडिकल कलेजमा भर्ना
- ‘मलाई छाड्दिनोस, रिटायर्ड हुँदा पनि तपाईलाई सम्मान गर्छु’ भन्दा पनि रविप्रति पग्लिएनन् न्यायाधीश
- रवि लामिछानेलाई अझै ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
- रवि लामिछानेलाई फेरि पोखरा लगियो, कुन चरणमा छ ५ जिल्लामा जारी अनुसन्धान ?
- भीआईपीको बाटै फरक, साधनै फरकः रविलाई जहाज, छविलाई राति र गाडी नै सहज !
- रविलाई वयानका लागि पर्सा लाने तयारी, छवि र रामबहादुरलाई विहानै पुर्याईयो
- रवि लामिछाने अझै ४ दिन प्रहरी हिरासतमै वस्ने, प्रहरीले दायर गरेन मुद्दा
- कांग्रेस सभापति देउवासँग हिमचिम भएका घिमिरेले फेसबुकमा किन लेखे रवि लामिछानेको इन्काउण्टरको कुरा ?
- रवि लामिछानेप्रति किन उदार भए बाबुराम भट्टराई? हिरासतमै पुगे भेट्न
- चितवनमा रास्वपा र प्रहरीबीच झडप भएपछि रवि लामिछानेलाई रातारात पुर्याईयो पोखरा
- रवि लामिछाने विरुद्ध पर्सामा पनि जारी भयो पक्राउ पूर्जी
- रविका समर्थक र प्रहरीबीच चितवनमा झडप, अश्रुग्याँस प्रहार
- रवि लामिछानेका नेता/कार्यकर्ताको तमासाः सत्य आखिर मुखमा आईहाल्यो (भीडीओसहित)
- रवि लामिछानेलाई पोखरा नफर्काई चितवन लगियो
- रवि लामिछानेका उम्मेदवारको कन्तविजोग, ११ जनाले पाएको मत हेर्दा लाज पनि लजायो
- रवि लामिछानेको राहदानी कीर्तेसम्बन्धी मुद्दा पनि सर्वोच्च अदालतमा पेशी चढ्यो
- रविलाई भेट्न अधिकांश रास्वपा सांसद प्रहरी हिरासतमा पुग्दा किन गएनन् स्वर्णिम वाग्ले ?