रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

काठमाडौँ– कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरीले पार्टीका समर्थक डा. निकोलस भुसाललाई पक्राउ गरेको छ।

भुसाललाई आइतबार काठमाडौँको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। थप अनुसन्धानका लागि भुसाललाई पोखरा पठाउँने तयारी छ।

भुसालले लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीको मनिटरमा खिचेको स्वीकार गरेका थिए। गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले सामाजिक सञ्जाल मार्फत बताएका थिए।

‘मैले प्रहरीकै अगाडि रवि लामिछाने सुतिरहेको फोटो सिसिटिभीमा खिचेको हुँ। त्यतिबेला प्रहरीले केही भनेन। यस्तो होला भनेर थाहा पनि भएन, गल्ती भयो।’ उक्त फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालको भनाइ छ। आफू रास्वपाको सदस्य नभएको समेत उनले बताएका थिए।

पछि लामिछानेलाई भेट्न जाँदा मोबाइल प्रहरीलाई बुझाएको पनि भुसालले बताए। कास्की प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई मोबाइलसमेत भित्र लैजान दिएको छैन। लामिछाने पक्राउ परेदेखि कास्की प्रहरी कार्यालयमा अरू प्रयोजनमा जाने सेवाग्राहीलाई पनि मोबाइल लैजान रोक लगाएको छ।

भुसालले भने प्रहरी गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको बताएका छन्। तर, निकोलसले रविका सहयोगी दीपक बोहोराको योजनामा फोटो खिचेको र योजनावद्ध रुपमा भाईरल बनाईएको ह्वाट्सएप च्याट वाहिरिएका छन्। बोहोराले भने त्यो च्याट वास्तविक नभएर आफनो नामबाट नक्कली एकाण्ट बनाएर तयार गरिएको दावी गरेका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट