चार दिनअघि धरानबाट चोरी भएको बस पार्टपुर्जा खोलेर विक्री गरीसकेपछि विराटनगरमा भेटियो

विराटनगर– सुनसरीको धरानबाट गत शुक्रबार चोरी भएको यात्रु बस मंगलबार दिउँसो विराटनगरस्थित मंगलबारेमा फेला परेको छ।

हरेन्द्र चेम्जोङको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको थियो। खोजतलास गर्दा बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर तर्फ आएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो।

तर, बस फेला परेको थिएन। मंगलबार दिउँसो स्थानीयले विराटनगर महानगरपालिका–१२, मंगलबारेमा बेवारिसे अवस्थामा बस फेला पारेका थिए। बस पार्टपुर्जा निकालिएको अवस्थामा फेला परेको छ।

बसको पार्टपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको प्रहरीले जनाएको छ। बस चोरी गर्ने ब्यक्ति फेला परेका छैनन्। संलग्नको खोजी भईरहेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट