सप्तरीमा डल्फिन बस दुर्घटना अपडेटः मृतक तीन मध्ये एक जनाको पहिचान खुल्यो (घाईतेको नामसहित)

राजविराज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आइतबार दिउँसो भएको डल्फिन बस दुर्घटनाका मृतक ३ जना मध्ये एक जनाको पहिचान भएको छ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पु¥याइएका सप्तकोशी नगरपालिका– १, फत्तेपपुरका ७५ वर्षीय रत्नबहादुर मगरातीको उपचारका क्रममा मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए। प्रहरीका अनुसार उनी श्रीमतीसहित बसमा चढेका थिए।

दुर्घटनामा मृत्यु भएका एक पुरुष र एक महिलाको सनाखत भएको छैन। दुवैको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ। गाईघाटबाट फत्तेपुर हुँदै काकड्भिट्टा जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नं. को बस अनियन्त्रित भई दुर्घटनामा दुई दर्जन यात्रु घाइते भएका छन्।

घाईते हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–१ की २१ वर्षीया सुबेता दाहाल, २६ वर्षीया चेतना भट्टाई, ४० वर्षीया सबिता थापा ३० वर्षीया सुस्मा बिष्ट, ७० वर्षीया पबित्रा मगराती, सप्तकोशी–२ का ४४ वर्षीय बिजय बिक, सप्तरीको महदेवा गाउँपालिका –२ का ५० वर्षीया बिमलादेबि ठाकुर, ३७ वर्षीय बिरेन्द्र ठाकुर, सप्तरीको कन्चरुप नगरपालिका –४ का ३४ वर्षीय श्यामकुमार सदा, ४० वर्षीय मनोज सदा, कञ्चनरुप–८ का ५५ वर्षीया निर्मला गुप्ता छन्।

यसैगरी, सप्तरीको हनुमाननगर नगरपालिका–३ का १९ वर्षीय महमद असलम, उदयपुरको चौडण्डीगढी नगरपालिका–५ का ५९ वर्षीया कमला भुसाल, चौदण्डीगढी–९ का २६ वर्षीया नरमाया मगर, ६० वर्षीया मयादेवी थापा, ६८ वर्षीय बमबहादुर कार्की, चौदण्डीगढी–१० की ६५ वर्षीया पुजनदेवी सिलवाल, ३० वर्षीया गिता सिलवाल, जोगिदहकी ४० वर्षीया सनावती चौधरी पनि घाईते भएका छन्।

यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का ३५ वर्षीय भरत यादव, झापाका मनोज भट्टराई, मिना भट्टराई पनि घाईते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधव काफ्लेले वताए। उनका अनुसार बसमा ३५ जना सवार थिए।

प्रहरीले बसका चालक झापाको मेचिनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट