गाईघाटबाट काकडभिट्टा जाँदै गरेको बस सप्तरीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाईते

राजविराज– उदयपुरको गाइघाटबाट सप्तरीको फत्तेपुर हुँदै काकडभिट्टा जादै गरेको यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्र१–०१–००१ ख ३४२० नम्बरको डल्फिन बस आइतबार दिउँसो कञ्चनरुप नगरपालिका–१० बदगमामा दुर्घटना भएको हो। दुर्घटनामा दुई जनाको च्यापिएर तत्कालै र एक जनाको विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ५ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली घटनास्थल छ।

बसका चालकलाई नियन्त्रणमा लिईएको डीएसपी काफ्लेले बताए।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट