शिक्षक आन्दोलनमा तनावः शिक्षकले नै कुटे आन्दोलनमा सहभागि शिक्षक

काठमाडौँ– काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा मतभेद देखिन थालेको छ। प्रदर्शनकै क्रममा रहेका केही शिक्षकले एक जना शिक्षकलाई नै कुटपिट गरेको पछि यस्को संकेत देखिएको हो।
काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा शनिबारको दिउँसो प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन्।
आपसी मतभेदका कारण १५÷२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएको जनाईएको छ। उनी धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयका शिक्षक हुन्।
शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेका जोशीलाई आन्दोलनकारी शिक्षकहरुले नै कुटपिट गरेको प्रहरीले जनाएको छ। उनको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ।
हाल उनी मिनभवनस्थित सिभिल अस्पताल उपचाररत छन्।
प्रतिक्रिया