आफुविरुद्ध मुद्दा हालेपछि ज्वाईँले गरे जेठीसासूको हत्या

विराटनगर– आफुविरुद्ध मुद्दा हालेको रिसले इलाममा एक जना ज्वाईँले जेठीसासुको हत्या गरेका छन्।

माई नगरपालिका–४ सिञ्जालीटारका ४२ वर्षीय शान्तिराम दुलालले जेठीसासू ५२ वर्षीया भूमिका चापागाईको हत्या गरेका हुन। दुलाले शुक्रबार साँझ करिव ७ बजे भूमिकाको टाउकोमा खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी चापागाईको झापाको विर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार शान्तिरामको उनकी पत्नीसँग इलाम अदालतमा माना चामल भराउने मुद्दा चलिरहेको छ।

केही महिना अघि सोही मुद्दाको सुनुवाइका क्रममा अदालत परिसरमा भेला भएका ज्वाइँ र जेठीसासूबिच विवाद भएको थियो। विवादपछि भूमिकाले शान्तिरामविरुद्ध अवहेलना मुद्दासमेत दायर गरेकी थिइन्।

सोही रिसीइबीमा शान्तिरामले भूमिकालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। शान्तिराम पक्राउ परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *