सुन्दरहरैंचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर– मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सुन्दरहरैंचा नगरपालिका–१, हरैंचामा भएको दुर्घटनामा सुनसरीको दुहवी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको मृत्यु भएको हो।

उनी सवार प्रदेश–१–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ना १ क ६२७० नम्बरको टिपरले ठक्कर दिएको थियो।

टिपर चालक बारा कोल्वी घर भइ मोरङको सुन्दरहरैंचा–१२ डेरामा बस्ने २५ वर्षीय पवन योन्जन रहेको प्रहरीले जनाएको छ।

मियाँको मृत्यु भएपछि स्थानीय र आफन्तले सडकमा शव उठाउन नदिएपछि स्थिती तनावग्रस्त बनेको थियो। केही समयपछि अवस्था सामान्य बनेको मोरङ प्रहरीका एसपी नारायणप्रसाद चिमरियाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट