सडकमै जिप पल्टिँदा किचिएर स्कुटर चालक महिलाको मृत्यु

काठमाडौंँ– चितवनको भरतपुरमा जिप पल्टिएर चेपिँदा स्कुटर चालकको महिलाको मृत्यु भएको छ।
भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा जिपले किचेर भरतपुर–६ इन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको हो।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो। पल्टिएको उक्त जिपले स्कुटरमा सवार महिलालाई किचेको थियो।
प्रतिक्रिया