ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटेको अर्को भीडीओ पनि भाईरल

काठमाडौँ– सुन्धारास्थित आकाशे पुलमुनि चार जना ट्राफिक प्रहरी मिलेर एक जना सर्वसाधारण मोटरसाईकल चालकलाई कुटपिट गरेको भीडीओको चर्चा सेनालाउन नपाउँदै सर्वसाधारण कुट्ने अर्का ट्राफिक प्रहरीको भीडीओ भाईरल भएको छ।

ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेपछि हात्तले हान्दै कुटपिट गरेको भीडीओ सामाजिक सञ्जालमा भाइरल भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए। उनका अनुसार भीडीओ कहाँको हो भन्ने खुलिसकेको छैन।

युवकले किन यस्तो गरेको भनेर प्रश्न गरेको देखिन्छ। ट्राफिक प्रहरीले भने किन भागेको भन्दै कुटपिट गरेको देखिन्छ। यसअघि बिहीबार पनि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

सुन्धारा अगाडि ट्राफिक प्रहरीले कुटेको भिडिओ भाइरल बनेपछि कार्यालयले चार जनालाई प्रहरी वृत्त जनसेवाबाट हटाएर छानबिन सुरू गरेको छ। उनीहरुले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो।

त्यसक्रममा त्यो भिडियो केही महिना पुरानो भएको खुलेको थियो। उक्त घटना गत २३ मंसिरमा भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट