धनुषामा विष सेवन घट्नाः ३ सन्तानसहित आमाको मृत्यु, अप्रेशन गरेर जन्माईएका शिशु सामान्य

जनकपुर— तीन सन्तानसँगै सेवन गरेकी धनुषाको सहीदनगर नगरपालिका–५ की पविता कुमारी साहको पनि मृत्यु भएको छ। उनको शुक्रबार बिहान उपचारका क्रममा रामजानकी अस्पतालमा मृत्यु भएको हो।
पविताको मृत्यु भएको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए। उनका अनुसार पविताले विष सेवन गरेपछि शल्यक्रिया गरेर निकालिएका शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ।
गएको सोमबार पविताले एक छोरा र दुई छोरीलाई विष सेवनपछि आफुले पनि विष सेवन गरेर सिकिस्त भएकी थिईन। उनीहरु सवैलाई अस्पताल लगिएको थियो।
६ वर्षीय छोरा आदित्य तथा छोरीहरु ४ वर्षीया आकृति र २ वर्षीया आरुसीको सोही दिन मृत्यु भएको थियो। पविताको भने भेन्टिलेटरमा उपचार भईरहेको थियो।
प्रतिक्रिया