सप्तरीमा सुतेकै ठाउँमा मृत भेटिए ४८ वर्षीय पुरुष, अनुशन्धानका लागि श्रीमती पक्राउ

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका –८ कञ्चनपुरमा एक ब्यक्ति सुतेकै ठाउँमा मृत फेला परेका हुन।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधव प्रसाद काफ्लेका अनुसार स्थानीय ४८ वर्षीय श्यामकुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएका हुन। बिहान १० बजेतिर उनी मृत फेला परेको उनको भनाई छ।

प्रहरीका अनुसार छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए। घटना शंकास्पद देखिएको छ। प्रहरीले अनुशन्धानका लागि उनकी श्रीमती गुञ्जा गुप्तालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मृतक गुप्ता अत्यधिक मदिरा सेवन गर्ने गरेको र श्रीमती मानसिक रोगी रहेको खुलेको छ। अत्यधिक मदिरा सेवनबाट आफै वा श्रीमतीको संलग्नतामा मृत्यु भएको हुन सक्ने आशंकामा अनुसन्धान गर्न गुञ्जालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट