पहिचानमा आए सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरी, घट्ना मंसिरको

काठमाडौँ– मोटरसाईकल चालक युवकलाई सडकमै निर्घात कुटपिट गर्ने चारै जना प्रहरी पहिचानमा आएका छन्। उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीका अनुसार ती युवकमाथि ११ मंसिरमा काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो।
उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिए। कुट्ने चारै जना र कुटाई खाने युवकका विषयमा उनले थप जानकारी दिएका छैनन्।
एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। ती व्यक्तिलाई प्रहरीले सडकमा लडाएर कुटपिट गरेको देखिएको छ। युवक अचेत हुँदा समेत उनलाई कपडामा समातेर उचाल्दै पछार्दै गरेको देखिन्छ।
ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ।
यो पनि,