सप्तरीमा ट्याक्टर पल्टिँदा २१ वर्षीय युवकको मृत्यु

राजविराज — सप्तरीमा विहिबार ट्याक्टर पल्टिँदा एक जना युवकको मृत्यु भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा माटो लोड गरेको स १ त ५०८३ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटनामा परेको हो।
दुर्घटनामा स्थानीय २१ वर्षीय जितेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेका उपचारका लागि राजविराजस्थित अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
दुर्घटनामा २० वर्षीय दिपेश यादव घाइते भएका छन्। उनको हातमा चोट लागेको छ।
प्रतिक्रिया