सडकमा ट्राफिकको सनकः मरणासन्न हुने गरी युवकमाथि कुटपिट, भीडीओ भयो भाईरल

काठमाडौँ– सामाजिक सञ्जालमा अहिले ट्राफिक प्रहरीले सर्वसाधारण माथि गरेको ज्यादतिको एउटा भीडीओ भाईरल भईरहेको छ।

भीडीओ चार जना ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी कुट्दै गरेको देखिन्छ। एक जना ट्राफिक प्रहरीले युवकलाई लात्तैलात्तले हानेका छन्।

सँगै रहेका अन्य तीन जना ट्राफिकले छुट्याउने प्रयास समेत गरेका छैनन्। ट्राफिकले ती युवकलाई कुटपिट गरिरहँदा अन्य मोटरसाइकलहरू कुदिरहेका देखिन्छन्। एक जना ट्राफिकले कालो चस्मा लगाएर यताउता हेरेर निगरानी गरेको जस्तो देखिन्छ।

कुटाइ खाने युवकको हातमा हेल्मेट छ। जसबाट उनी मोटरसाइकल चालक हुन् भन्ने अनुमान गर्न सकिन्छ। उनी सडकमा मरणासन्न भएर ढलेपछि कुटपिट गरिरहेका ट्राफिक प्रहरीले एउटा कागज युवकको अनुहारमा रिसले मिल्काएर हिडेको देखिन्छ।

भीडिओमा कीर्तिपुर रुटमा चल्ने बस देखिएकाले घट्ना उपत्यका भित्रकै भएको अनुमान गरिएको छ। ट्राफिक प्रहरीले जाडोमा लगाउने ज्याकेट लगाएका छन्। अन्य मोटरसाईकल चालकले पनि ज्याकेट लगाएकाले यो भीडीओ जाडो मौसमको भएको अनुमान गरिएको छ।

सामाजिक सञ्जालमा भीडिओ शेयर गर्दै धेरैले प्रहरीलाई कारबाहीको माग गरिरहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घट्नाको छानबिन अघि बढेको जनाएको छ। एसपी दीपक गिरीले भिडियो बाहिरिएसँगै छानबिन शुरू भएको बताए।

भीडीओमा देखिएका ट्राफिक प्रहरी र कुटाई खाने युवकको पनि पहिचान भएको छैन। भीडीओ जहिलेको भएपनि छानबिन हुने र दोषीलाई कारबाही हुने एउपी गिरीले बताएका छन्।

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट