कुलमानको समर्थन गर्ने ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौँ– ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बर्खास्त गरेका हुन्।

मन्त्री तामाङको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले उनलाई राजीनामा दिन सुझाव दिएका थिए। तर, उनले अटेर गरी राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्।

उनी कांग्रेसको कोटाबाट ऊर्जा राज्यमन्त्री बनेका थिए। नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ र सरकारसँग टसल परेपछि तामाङले कुलमानको समर्थन गरेका थिए।

कुलमानलाई बर्खास्त गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि मन्त्री तामाङसँग प्रधानमन्त्री असन्तुष्ट थिए। पछिल्लो समय आफ्नै मन्त्रालयका सचिव सुरेश आचार्यसँग स्पष्टीकरण मागेपछि उनी झन आलोचित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट