आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा वीरगञ्जमा एक ब्यक्ति पक्राउ

वीरगञ्ज– पर्सामा आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन्।

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ का ४१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो। बालिकाकी आमाले दिएको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरीएको हो।

प्रहरीका अनुसार उनले सोमबार बिहान आफ्नो कोठामा लगेर छोरीलाई बलात्कार गरेका थिए। उनले यसअघि पनि पटक–पटक छोरीलाई बलात्कार गर्दै आएको खुलेको छ।

पीडित बालिका उनकी जेठी पत्नीतिरकी छोरी हुन। उनले कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको पीडितले बताएकी छिन्। पीडक बुबालाई मंगलबार जिल्ला अदालतबाट उपस्थित गराई करणी सम्बन्धी कसुरमा पाँच दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट