खाद्यान्न सामग्री बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

काठमाडौँ– डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ट्रकका चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामीको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बुडरका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थल बुडरबाट ११ किलोमिटर उत्तर पर्दछ।
प्रतिक्रिया