सिरहामा पेस्तोलसहित १९ वर्षका दुई भारतीय युवा पक्राउ

लहान– सिरहामा प्रहरीले कटुवा पेस्तोल र गोलीसहित २ जना भारतीय युवालाई पक्राउ गरेको छ।

बरियारपट्टी गाउँपालिका–१, नर्गी चौकबाट भारततर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाईकल चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि मोटरसाईकलसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोटरसाईकल चालक मधुवनीको पिपराही–२ कमलपुरका करिव १९ वर्षीय राजिव सिंह र मोटरसाईकलको पछाडि वसेका सोही ठाउँका करिव १९ वर्षीय प्रिन्स सिंह पक्राउ परेका हुन।

सिरहा प्रहरीका अनुसार पेस्तोल प्रिन्सको साथबाट बरामद भएको हो। उनले कम्मरमा भिरेको अवस्थामा पेस्तोल र ट्रयाकको गोजीबाट गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका दुवै जना इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट