रक्सीले मातेका आमाबाबुको झगडामा ढुङ्गाले हानेर ४ महिने शिशुको हत्या

काठमाडौँ– पूर्वी नवलपरासीमा रक्सीले मातेका आमाबुबाको झगडामा चार महिने शिशुको मृत्यु भएको छ।

बौदीकाली गाउँपालिका–२ अर्मलेका २१ वर्षीय दीपेन्द्र परियार र उनकी श्रीमती ३५ वर्षीया कमला परियार झगडा गरी कुटपिट गर्दा शिशुको मृत्यु भएको हो।

रक्सीले मातेका दुवैबीच सोमबार राति झगडा भएको थियो। बौदीकाली गाउँपालिका–२ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार माइत जान हिडेकी कमला र दीपेन्द्रबीच तनहुँको घिरिङ्ग गाउँपालिका–४ गापडाँडामा पुगेपछि विवाद भएको खुलेको छ।

त्यसै क्रममा कमलाले शिशुलाई ढुंगाले हानेर सख्त घाइते बनाएकी थिईन। घट्नाको जानकारी पाएपछि पुगेका स्थानीय र हजुरबुबाले घाइते शिशुलाई उपचारका लागि पाल्पास्थित रामपुर अस्पतालमा पुर्‍याएका थिए।

उपचारका क्रममा अस्पतालमै शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

‘श्रीमान्–श्रीमती झगडा गर्दा शिशुलाई लछारपछार र ढुंगाले हानेर घाइते बनाएका रहेछन्। स्थानीय र हजुरबुबाले उपचारका लागि अस्पताल लगेका थिए। उपचारकै क्रममा मृत्यु भएछ’– डीएसपी मधु नेपालले भने। घटनापछि दुवै जना फरार भएका थिए। उनीहरुलाई डेढगाउँ प्रहरीले पक्राउ गरेको छ।

बौदीकाली गाउँपालिका–२ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार कमलाले दिपेन्द्रसँग दोस्रो विवाह गरेकी हुन। पहिलो श्रीमानतर्फ उनका दुई वटा सन्तान छन्। दिपेन्द्र ट्याक्टर चालक हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट