बेलौरीमा विहानै भेटियो जलेको शव र मोटरसाईकल, घट्ना शंकास्पद

काठमाडौँ– कञ्चनपुरको बेलौरी नगरपालिका–११, शिवनगरमा मंगलबार बिहान जलेको अवस्थामा पुरुषको शव फेला परेको छ। शव नजिकै जलेको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ।
पुरुषको शव घोप्टो परेको अवस्थामा छ। शव पूरै जलेर क्षतविक्षत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिएका छन्। मृतकको पहिचान भएको छैन।
घटनास्थल नजिकै मोबाइल र वालेट (पर्स) भेटिएको छ। स्थानीयले उक्त शव बेलडाँडी गाउँपालिका निवासी हरिकृष्ण रानाको रहेको दाबी गरेका छन्। तर प्रहरीले मृतकको पहिचान यकिन नभएको जनाएको छ।
घटनास्थलमा बाक्लो संख्यामा स्थानीय भेला भएका छन्। स्थानीयले घटना शंकास्पद भएकाले सुक्ष्म अनुसन्धानको माग गरेका छन्।
प्रतिक्रिया