दानव खोलामा डुवेर तीन बालकको मृत्यु, आज विहानै भेटियो दुई वटा शव

काठमाडौँ– रुपन्देहीमा पौडी खेल्न नदीमा पसेका ३ बालकको डुबेर मृत्यु भएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जना बालकको शव फेला परेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार गोताखोर टोलीले मंगलबार बिहान २ बालकको शव नदीबाट निकालेको छ। स्थानीय १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव फेला परेको हो।
उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो। गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो।
बेपत्ता तीन बालकमध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो।
प्रतिक्रिया