बराह क्षेत्र दर्शन गर्न गएका मामाभञ्जा सप्तकोशी नदीमा डुवेर वेपत्ता

इटहरी– सुनसरीको बराहक्षेत्र मन्दिर नजिकै सप्तकोसीमा नुहाउन पसेका दुई जना सोमबार विहान बेपत्ता भएका छन्। वेपत्ता हुने मामा भाञ्जा रहेको खुलेको छ।

मन्दिर नजिकै रहेको कोकाहामा दर्शन गर्न गएका मामा इटहरीको बालग्रामका ४८ वर्षीय नबराज बास्तोला र उनका भाञ्जा १६ वर्षीय जेनिस आचार्य पानीमा डुबेर बेपत्ता भएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले बताए।

उनीहरू पानीमा डुबेर बेपत्ता भएपछि प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली खोजीमा परिचालन गरिएको तिम्सिनाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट