मोरङमा घर आगलागी हुँदा जलेर ८० वर्षीया वृद्धा घाईते

विराटनगर– मोरङमा घर आगलागी हुँदा जलेर ८० वर्षीया वृद्धा घाइते भएकी छिन्।

प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–७ सृजना टोलको एउटा घरमा शनिबार राति आगलागी हुँदा जलेर ८० वर्षीया तुलामाया गुरुङ घाइते भएकी हुन्।

इँटाको गारो र जस्तापाताको छानो भएको १ तले पक्की घरमा राति करिव साढे ११ बजे आगलागी भएको थियो। आगलागीपछि तत्काल बाहिर निस्किन नसक्दा वृद्धा जलेर घाइते भएको मोरङ प्रहरीले जनाएको छ।

वृद्धाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

आगोले घरसहित घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, काठपात, फर्निचरका सामान सबै जलेर ध्वस्त भएको डीएसपी वेदप्रकाश जोशीले जनाए। स्थानीयवासी र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

विद्युट सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट