सप्तरीमा २० वर्षीया दलित युवतीको शंकास्पद मृत्यु, पोखरीको डिलमा झ्यासले छोपिएको थियो शव

राजविराज — सप्तरी एक दलित युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। सुरुङ्गा नगरपालिका–७ रामटोलका मंगलबार नागेन्द्र रामकी २० वर्षीया छोरी पूजाकुमारीको शंकास्पद अवस्थामा शव फेला परेको हो।

घरदेखि करिब एक किलोमिटर दक्षिण–पूर्वतर्फ शंकास्पद अवस्थामा पूजाको शव फेला परेको प्रहरीले जनाएको छ। सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार तीनगछिया भन्ने ठाउँको पोखरीको डिलमा झ्यास र पतिंगरले शव छोपिएको थियो।

शवलाई पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। ‘शंकास्पद अवस्थामा शव फेला परेपछि हामीले पोष्टमार्टमका लागि पठाएर अनुशन्धान सुरु भएको छ’ एसपी खतिवडाले भने– ‘पोष्टमार्टन रिपोर्ट आएपछि थप कुराहरु सार्वजनिक होला।’

पूजाकी आमा रामवतीदेवीका अनुसार गाउँमा अष्टयाम कार्यक्रम रहकाले रोमबार राति उनी त्यतै गएकी थिईन। पूजा र उनका १२ वर्षीय भाइ विश्वजित घरमा सुतिरहेका थिए। यत्तिकैमा पुजा घरबाट बेपत्ता भईन। खोजतलास गर्दा विहान शव फेला परेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट