नेपाल–चीन सीमानामा भुकम्पको कडा धक्का

नेपाल–चीन सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर नेपालमा आज बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ। चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा केन्द्रविन्दु बनाएर विहान ४ बजेर ५ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको हो। नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा भूकम्प भएको केन्द्रले जनाएको छ।

नेपाल–चीन सीमा क्षेत्रको सिगात्सेको दिङ्गी काउन्टीमा पटक–पटक भूकम्प गएको छ। यसअघि २०८१ सालको पुस २३ गते ७ म्याग्निच्युडको र फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि पटक–पटक परकम्पहरु गइरहेका छन्।

पुस २३ को भूकम्प र त्यसपछिका ठूला परकम्पले सिगात्सेमा जनधनको पनि क्षति भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट