सीमानाकाको तस्करीको विवादले देवानगञ्जमा गोली चल्यो, २ जना घाईते

इटहरी– सुनसरीको देवानगञ्जमा सोमबार साँझ गोली चल्दा २ जना घाईते भएका छन्। देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा गोली प्रहार भएको छ।
गोली लागेर देवानगञ्ज–१ का शिवकुमार मेहता र २ का २४ वर्षीय रवीन्द्र यादव घाईते भएका छन्। अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य छ। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।
मेहताको अवस्था भने गम्भीर छ। पेटमा गोली लागेका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले सीमानाकामा हुने तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादका कारण उनीहरुमाथि गोली चलेको आशंका गरेको छ।
देवानगन्ज–७ का कामेश्वर यादवले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको छ। संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया