८० वर्षीय वृद्धद्वारा शरीरमा आगो लगाएर आत्मदाह

काठमाडौँ– बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय एक वृद्धले आत्मदाह गरेका छन्। स्थानीय हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाह गरेका हुन।
हस्तबहादुरले शनिवार घरबाट करिव ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो लगाई सकेपछि श्रीमती र छोरा थमनले उनको उद्धार गरेका थिए। आगो निभाएर उनलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ लगिएको थियो।
उनी कम्मरभन्दा माथिको भाग जलेर गम्भीर घाइते भएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए। हस्तले आत्मदाह गर्नुको कारण खुलेको छैन।
प्रतिक्रिया