एक्सकाभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ– हुम्लामा गएराति एक्सकाभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा भएको दुर्घटनामा स्थानीय ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार एक्सकाभेटर मुगुको छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको हो। एक्स्काभेटर चालकको अवस्था भने सामान्य छ। अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट