वीरगञ्जमा कर्फ्यु आदेश जारी, तनावपूर्ण नै छ अवस्था

वीरगञ्ज– हिन्दू र मुस्लिम समुदायबीच झडप भएर स्थिती तनावपूर्ण भएपछि स्थानीय प्रशासनले वीरगञ्जमा कफ्र्यु आदेश जारी गरेको छ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा शनिवार दिउँसो छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो। झडपका क्रममा केही पसल र मोटरसाईकल जलाईएको छ भने केही प्रहरी र स्थानीयवासी घाईते भएका छन्।
अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिए। झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
पर्साका सीडीओ गणेश आचार्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चारकिल्ला मानेर सोभित्र कफ्र्यु लगाएको ानकारी दिए।
तोकिएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको छ ।