मोरङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एमाले कार्यकर्ताको मृत्यु

विराटनगर– मोरङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एमाले कार्यकर्ताको मृत्यु भएको छ।
मोरङको सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १–०२–००३ त ०७५२ नम्बरको ट्याक्टरले प्र १–०४–००१ प ४०११ नम्बरको मोटरसाइकललाई सुनवर्षी नगरपालिका–३ मा ठक्कर दिँदा एमाले कार्यकर्ता (राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव) भूपेन्द्र कटुवालको मृत्यु भएको हो।
शुक्रबार साँझ करिव साढे ६ बजे भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको थियो। सुनवर्षी–३ घर भएका कटुवालको राति करिव साढे ८ बजे मृत्यु भएको हो।
पत्रकारितासमेत गर्दै आएका कटुवालले सारथि स्टार नामक अनलाइन चलाउँदै आएका थिए। प्रहरीले ट्याक्ट चालक सुनवर्षी–४ का २९ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया