हतियार थन्क्याउने क्रममा गोली लागेर चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत सैनिक जवानको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक सैनिकको आफैंले बोकेको बन्दुक पड्किएर ज्यान गएको छ।
नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दासको शुक्रबार विहान करिव ९ वजे गोली लागेर ज्यान गएको हो।
सेतीदेवी सामुदायिक वनमा गस्ती गस्ति गरेर फर्किएपछि थन्क्याउने क्रममा बन्दुक पड्किएपछि दासलाई गोली लागेको गणपति शिवराम बस्न्यातले बताए। उनका अनुसार गस्तीबाट फर्किएपछि हतियार परीक्षण गरेर राख्ने गरिन्छ।
हतियार थन्क्याउनु अघि परीक्षण गर्दा झुक्किएर गोली लागेको उनले बताए। गोली लागेर घाईते भएका सैनिक जवान दासको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो।
प्रतिक्रिया