रातको समयमा अर्काको श्रीमती घुमाएको आरोपमा माओवादीका वडाध्यक्षलाई विजुलीको पोलमा बाँधियो

काठमाडौँ– दैलेखको दुल्लुका एक जना वडाध्यक्षलाई केही युवाहरुले विजुलीको पोलमा बाँधेर यातना दिएको भीडीओ अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। बाँधिएका वडाध्यक्ष दुल्लु नगरपालिका–३ का कुलबहादुर कार्की हुन।

उनलाई चामुण्डाविन्द्रासैनी नगरपालिका–९, डौंसुरमा स्थानीय युवाहरुले बाँधेर यातना दिएका हुन। वडाध्यक्ष कार्कीले आफूलाई बाटो छेकेर नियन्त्रणमा लिई लछारपछार गर्दै बाँधेर यातना दिएको तथा ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

कार्कीका अनुसार उनी २४ चैतमा साथीलाई भेट्न भनेर डौंसुर पुगेका थिए। सोही समयमा उनलाई बिजुलीको पोलमा बाँधेर भिडियो बनाइएको खुलेको हो। तर, चर्चामा आएअनुसार वडाध्यक्ष कार्की रातको ११ बजे एक जना महिलालाई सरकारी मोटरसाइकलमा बोकेर गाउँमा देखिएका थिए।

वडाध्यक्ष जस्तो व्यक्ति रातको समयमा अर्काको श्रीमतीसँग हिडेको र गाउँका महिलामाथि आँखा लाएको भन्दै युवाहरुले नियन्त्रणमा लिएर बाँधेको गाउँलेले वताएका छन्। वडाध्यक्ष जस्तो व्यक्तिले पदको दुरुपयोग गरेको उनीहरुको आरोप छ।

कार्कीको उजुरीका आधारमा प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिका– ९ का ३३ वर्षीय नगेन्द्र रावल, २४ वर्षीय टोपेन्द्र रावल, १९ वर्षीय विशाल खड्का र २१ वर्षीय वीरेन्द्र खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुमित दाहालले वताए।

शरीर बन्धक तथा अपहरण कसुरमा उनीहरु विरुद्ध मुद्दा दर्ता गर्ने तयारी भईरहेको डीएसपी दाहालको भनाई छ। प्रहरीले दैलेख जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर घट्नाको अनुसन्धान गरिरहेको छ।

कार्की ०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट