म्यानमारको भुकम्पमा परी १८ जना नेपालीभाषीको मृत्यु, १५ जना वेपत्ता

काठमाडौँ– म्यानमारमा गत २८ मार्चको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको नेपाली भाषीको संख्या १८ जना पुगेको छ। उनीहरु नेपालीभाषी बर्मेली नागरिक रहेको म्यानमारस्थित नेपाली दुतावासले जनाएको छ।

म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेका अनुसार १५ जनाभन्दा बढी नेपालीभाषी नागरिक हराइरहेका छन्। म्यानमारमा झण्डै डेढ लाख बढी नेपालीभाषी नागरिकहरू बसोबास गर्दै आएका छन्

त्यहाँको पुरानो राजधानी याङ्गुन र देशकै दोस्रो ठुलो सहर मान्डले क्षेत्रमा नेपालीभाषीको संख्या उल्लेख्य छ। याङ्गुनमा मात्र २० हजार बढी नेपालीभाषी नागरिक छन्। उनीहरू डेढ सय वर्षभन्दा अगाडिदेखि त्यहाँ बसोबास गर्दै आएको इतिहास छ।

मान्डले भूकम्पको केन्द्रविन्दु रहेको सगाइङसँग जोडिएको क्षेत्र हो। त्यसैले त्यहाँका नेपालीभाषीहरू पनि प्रभावित छन्।

म्यानमारमा भुकम्पमा परी हालसम्म ४ हजार ८१४ जनाले ज्यान गुमाएका छन् भने डेढ सय भन्दा बढि मानिस हराईरहेका छन्। घाईतेको संख्या ५ हजार भन्दा वढि रहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट