तीन दिनअघि धरानको जंगलमा अर्धनग्न भेटिएको शव इटहरीकी सुनकुमारीको, हत्याको आशंका

इटहरी– तीन दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–६ को जंगलमा इटहरी उपमहानगरपालिका–२, हलगडामा बस्दै आएकी ३४ वर्षीया सुनकुमारी दाहालको भएको खुलेको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२ माइती भएकी दाहालको शव सोमबार दिउँसो पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा फेला परेको थियो। शरीरमा चोट पटक पनि देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुहारमा चोट देखिएको छ तर धारिलो हतियार प्रयोग गरिएको प्रमाण फेला परेको छैन। उनको हत्या नै भएको आशंका प्रहरीले गरेको छ। घट्नास्थलको प्रारम्भिक अनुसन्धानमा केही मिटर घिसारेर शवलाई त्यहाँ पु¥याईएको देखिएको छ।
शव घिस्याउँदा कपडा खुलेको हुन सक्ने प्रहरीको अनुमान छ। शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ।
प्रतिक्रिया