जग्गा विवादमा भाइलाई गोली हान्न खोज्दा पेस्तोलसहित पक्राउ परे वीरेन्द्र

वीरगञ्ज– जग्गाको विषयमा विवाद भएपछि भाईलाई गाली हान्न पेस्तोल झिक्ने एक ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वाका ६० वर्षीय वीरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो। पर्सा प्रहरीका डीएसपी किशोर लम्सालका अनुसार विरेन्द्रले बुधवार भाइ ५५ वर्षीय सिकेन्द्र यादवलाई गोली हान्न खोजेका थिए।

दाजु–भाईबीच जग्गाको विषयमा झगडा भइरहेको थियो। त्यही बेला वीरेन्द्रले आफूसँग भएको कटुवा पेस्तोल निकालेर चलाउन खोजेका थिए। वीरेन्द्रले बन्दुक प्रहार गर्न खोज्न लाग्दा घटनास्थलमा पुगेको प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको थियो।

प्रहरीले वीरेन्द्रको साथबाट एक थान कटुवा पेस्तोल, चार राउण्ड गोली र ना २३ प ४८७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ। उनीविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ आवश्यक अनुसन्धान भईरहेको डीएसपी लम्सालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट