१७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवा पक्राउ

हेटौँडा– मकवानपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ परेका छन्।
प्रहरीले थाहा नगरपालिका–३ शिखरकोटका १९ वर्षीय एलोन विष्टलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
विष्टले किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि त्यसैका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घट्नाको बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया