सिरहामा दुईटा मोटरसाईकल ठोक्किँदा दुवै चालकको मृत्यु

लहान — पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहामा आज विहान दुईटा मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाईकल चालकको मृत्यु भएको छ।

धनगढीमाई नगरपालिका–७, कसहामा पुर्व जाँदै गरेको बा ४४ प १५६१ र पश्चिम जाँदै गरेको स ५ प ७७४० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बा ४४ प १५६१ नम्बरको माटरसाइकलका चालक सुखीपुर नगरपालिका ८ का करिब ३० वर्षीय जयकुमार गिरी र स ५ प ७७४० नम्बरको मोटरसाईकलका चालक कल्याणपुर नगरपालिका १२ का करिब २८ वर्षीय सन्तोषकुमार यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सन्तोषले चलाएको मोटरसाइकलमा पछाडि बसेका सिरहा नगरपालिका १२ का करिब २४ वर्षीय सिकन्दर यादवको टाउको फुटेको छ। उनको उपचार भइरहेको सिरहा प्रहरीका डीएसपी वीरेन्द्र कुमार पासवानले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट