बकधुवामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

राजविराज– सप्तरी अग्निसाईर कृष्णसवरण गाउँपालिका– ५, बकधुवामा बुधबार मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
छप्कीबाट महुली निस्कँदै गरेको प्र२–०१–००२ प २३०५ नम्बरको मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घट्ना भएको हो।
मोटरसाईकल दुर्घटनामा परी मोटरसाईकल चालक सप्तरीै तिलाठी कोईलाडी गाउँपालिका–७, मन्सापुरका करिव ५० वर्षका हरेराम मण्डलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भिर घाईते भएका उनलाई उद्धार गरी उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाईएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया