उदयपुरमा ब्राउन सुगर बोकेको कारसहित ४ जना पक्राउ

गाईघाट– उदयपुरमा प्रहरीले मंगलबार राति ब्राउन सुगर (लागु औषध) बोकेको कारसहित ४ जनालाई पक्राउ गरेको छ।
राति करिव पौने १२ बजे गाईघाटबाट साउनेतर्फ जादै गरेको बा ११ च ९४११ नम्बरको कार त्रियुगा नगरपालिका–९, रातमाटेबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
कारबाट ६ दशमलब ७३ ग्राम ब्राउन सुगर बरामद भएको उदयपुर प्रहरीले जनाएको छ।
कार चालक भक्तपुरको मध्यपुर थिमी नगरपालिका –२ का ३२ वर्षीय आसिम जोशी, गोर्खाको गोरखा नगरपालिका–७ का २५ वर्षीय सबिन गान्दारी मगर, सोलुखुम्बु घर भई भक्तपुरको सुर्य बिनायक नगरपालिका –९ बस्ने २१ वर्षीय बरविन खत्री र सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का २१ वर्षीय एलिया बलमपाखी मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी चारै जना विरुद्ध अनुशन्धान भईरहेको जनाईएको छ।
प्रतिक्रिया