भुस्याहा कुकुरले टाउको बोकेर आएपछि साढे २ महिनाअघि वेपत्ता ब्यक्तिको मृत्यु भएको खुलासा

काठमाडौँ– साढे दुई महिनादेखि वेपत्ता रहेका गुल्मीको गुल्मीदरबार गाउँपालिका– ६, बेलपोखराका ५५ वर्षीय रतन शाही मृत फेला परेका छन्। कालिका सामुदायिक वनमा मंगलबार शाहीको कंकाल मात्रै फेला परेको छ।

कपडाका आधारमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले जानकारी दिए। शाही साढे दुई महिनाअघि गाउँबाट एकाएक हराएका थिए। मृतकको घरपरिवारमा कोही थिएनन्।

एक्लै वस्दै आएका उनी हराएपछि उनको खोजतलासमा समेत खासै दबाब थिएन। तर, मंगलबार गाउँका भुस्याहा कुकुरका कारण उनको मृत्यु भएको खुलासा भएको हो। स्थानीयका अनुसार कुकुरले मुखमा च्यापेर मृत व्यक्तिको टाउको गाउँमा डुलाएपछि सोधखोज सुरु भएको थियो।

यत्तिकैमा स्थानीय जनप्रतिनिधि सुन्दर कुँवरले घट्नाका विषयमा प्रहरीलाई जानकारी गराए। प्रहरी गाउँमा पुगेर सोधपुछसहित खोजतलास गर्दा शाहीको कङ्काल र कपडा फेला परेको थियो। घाँस काट्न जाँदा लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट