इनरुवामा गुड्दा गुड्दैको बसमा आगलागी, यात्रुको भागाभाग

इटहरी– सुनसरीको इनरुवा नगरपालिका– ४ स्थित बसस्टेण्डमा सोमबार विहान गड्दा गुड्दैको बसमा आगलागी भएको छ।
लु २ ख १६४४ नम्बरको बसमा बिहान करिव साढे चार बजे अचानक आगलागी भएको हो।
एक्कासी बसमा आगलागी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बसमा आगो लागेपछि यात्रीको भागाभाग भएको थियो।
बसमा लागेको आगो स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएका छ। आगलागीको कारण खुलेको छैन।
प्रतिक्रिया