सेल्टर दिएको आरोपमा दुर्गा प्रसाईका माईला दाई राकेश पक्राउ

काठमाडौँ– १५ चैतको हिंसात्मक प्रदर्शनको अनुशन्धानका क्रममा प्रहरीले दुर्गा प्रसाईंका माईला दाइ राकेश प्रसाईंलाई पनि पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राकेशलाई आईतबार राति पक्राउ गरेको हो। एसपी अपिलराज बोहराले सोधपुछका लागि उनलाई पक्राउ गरिएको जनाए। उनलाई अदालत भने उपस्थित गराईएको छैन।
पेरिसडाडास्थित राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको स्रोतले जनाएको छ। तीनकुने घटनामा उनको प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन।
सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताए। राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन्। उनीपनि दुर्गा प्रसाईँकै जसरी अन्टसन्ट बोलेर सामाजिक संजालतिर भाइरल भइरहेका व्यक्ति हुन्।
दुर्गा प्रसाईका जेठा दाइ लक्ष्मी, माइला राकेश हुन। दुर्गा साइला हुन् भने अर्की आमातिरका भाइ नरेन्द्र प्रसाई अष्ट्रेलियामा छन्।
प्रहरीले यसअघि दुर्गा प्रसाईंकको निजी सुरक्षामा खटिएका व्यक्तिसहित उनका सहयोगीलाई पक्राउ गरेको थियो। यो घटनामा पक्राउ पर्नेको संख्या ७० पुगिसकेको छ। तर प्रसाईं भने कार्यक्रम नसकिँदै फरार भएका थिए। उनी कहाँ छन् भन्ने प्रहरीले हालसम्म पत्ता लगाएको छैन।