१३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, २४ वर्षीय युवक पक्राउ

काठमाडौँ– कैलालीको धनगढी नगरपालिकाकी एक १३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन्।

धनगढी उपमहानगरपालिका–२, कृष्णनगरका २४ वर्षीय युवकले ती बालिकालाई बलात्कार गरेको आरोप छ। प्रहरीले आइतबार राति ती युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बलात्कार गरेको अभियोग लागेका युवक पीडित बालिकाका काका पर्छन्। उनी विरुद्ध प्रहरीमा उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर लोकराज जोशीका अनुसार घटना १७ चैतको भए पनि ढिलो गरी प्रहरीमा उजुरी परेको हो। प्रहरीले थप अनुसन्धान गरिरहेको जोशीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट