१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

विराटनगर– १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङमा एक युवालाई पक्राउ गरेको छ।

लेटाङ नगरपालिका–२ का ३५ वर्षीय अनिल राईलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।

राई विरुद्ध बलात्कारको उजुरी परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

राईविरुद्ध बालिका बलात्कारको कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट