डीएसपीका अगाडि रविको फुर्तीः प्रधानमन्त्री हुन छोडेर हिँडेको मान्छे हुँ, फुलीको चिन्ता नगर्नुस्

काठमाडौँ– रुपन्देहीको बुटबलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा राखेर पुर्पक्ष गर्ने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि शुक्रबार राति पक्राउ गर्न गएको प्रहरीसँग पूर्वगृहमन्त्री रवि लामिछानेले बहस गरेको एउटा भीडीओ अहिले भाईरल भईरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले अदालतको आदेशपछि ‘आफैँ गिरफ्तारी दिन तयार रहेको’ भन्दै फेसवुकमा लेखेका थिए। तर अदालतको आदेशलगत्तै अप्रत्यासित रुपमा प्रहरी पक्राउ गर्न घरमै पुगेपछि उनी सम्भवतः सामाजिक सञ्जालमा केही लेख्न÷भन्न चाहान्थे।

जसमा प्रहरीले उनलाई समय नदिएको भान हुन्छ। त्यसपछि भीडीओमा रविले रविले भनेका छन्। ‘अन्यायको हद नगर्नुस्, मार्नुहुन्छ भने मार्नुस्, सजिलो। कि त्यस्तो आदेश छ?’ त्यसपछि प्रहरी अधिकारीले ‘होइन, होईन’ भनेका छन्।

फेरि रवि भन्छन्, ‘रेस्पेक्टफुल्ली पनि तपाईंले सबै गर्न पाउनुहुन्छ।…तपाईं दुइटा फुली बढाउनुहोला, म प्रधानमन्त्री हुन छोडेर हिँडेको मान्छे हुँ, फुलीको चिन्ता नगर्नुस्, देशको चिन्ता गर्नुस्। पाँच मिनेट, सात मिनेटदेखि १० मिनेटसम्म कुरिदिनुस् हुन्छ?’ त्यसपछि उनी कोठातर्फ लागेको देखिन्छ।

यस अघि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीका डीएसपीले ‘अन्तिम इच्छा’ सोधेको भन्दै वादविवाद गरेको भीडीओ भाइरल भएको थियो। भीडीओमा पक्राउ गर्न सिभिल ड्रेसमा पुगेका डीएसपी दिपक खड्काले ‘अन्तिम इच्छा’ सोधेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोषाध्यक्ष दीपक बोहोरालगायतले विवाद गरेका छन्। कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर उनीहरुले खड्कालाई र्‍याखर्‍याखती पारिरहेको देखिन्छ।

पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्नेलगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको स्पष्टीकरण दिएका थिए।

शुक्रबार राति पक्राउ परेका लामिछाने शनिबारदेखि रुपन्देही प्रहरीको हिरासतमा छन्। हिजो शनिबार र आज (आइतबार) राम नवमीको सार्वजनिक बिदा परेकाले लामिछानेलाई सोमबार मात्रै अदालत पेस गर्ने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट