सप्तरीमा आगलागी हुँदा नगद २ लाखसहित १५ लाखको क्षती

राजविराज– सप्तरीको कञ्चनरुपमा बिहिबार आगलागी हुँदा १५ लाख मुल्य बराबरको क्षती भएको छ।

कञ्चनरुप–१०, भडाहा मुसरी टोलका ५१ वर्षीय भरत साहको टिनको छानो भएको पक्की घर र गोठमा आगलागी भएको हो।

आगलागीमा २ लाख १५ हजार नगद, ५० तोला चाँदीका गहना, साढे १ तोला सुनका गहना, करिव २ लाखको अन्न र ३ थान साईकलसहित जलेर १५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो। बारुणयन्त्र र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट