जाजरकोट केन्द्रविन्दु भएर ५ म्याग्नेच्युड भन्दा ठुला २ वटा भुकम्प, घरबाट फालहान्दा २ जना घाईते

काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार बेलुका ५ म्याग्नेच्युड भन्दा ठुलो दुई पटक भूकम्प भएको छ। बेलुका ८ः०७ बजे ५.२ म्याग्नेच्युड र त्यसको तीन मिनेटपछि ८ः१० बजे ५.५ म्याग्नेच्युडको भूकम्प भएको हो।
भूकम्पको धक्का छिमेकी जिल्ला रूकुम पश्चिम, सल्यानसम्म धक्का महसुस भएको थियो। जाजरकोटका सीडीओ मेखबहादुर मंग्रातीले भूकम्पको केन्द्रविन्दु भएको कुशे गाउँपालिका र आसपाका क्षेत्रहरूमा घरहरू चर्किएका छन् तर ठूलो क्षति भने भएको छैन। भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका थिए।
भूकम्पले धेरे बेर नहल्लाएका कारण ठूलो क्षति हुन नपाएको उनले बताए। भूकम्पपछि राति नै जिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेको थियो। बैठकले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ।
भूकम्पपछि मानिसहरू घरबाहिर निस्केका कारण उनीहरुको घरमा चोरी हुन सक्ने सम्भावनालाई पनि मध्येनजर गर्दै प्रभावित वस्तीहरूमा प्रहरीको गस्ती बढाउने निर्णय गरेको सीडीओ मंग्रातीले जानकारी दिए।
रूकुम पश्चिममा घरको एक तलामाथिबाट हामफालेका दुई जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।