रौतहटमा ४५ वर्षीया महिलाको हत्याः जंगलमा खाल्टोबाट उत्खनन गरियो शव, मकैबारीमा चप्पल र साडी

जनकपुर– रौतहटमा ७ दिनदेखि वेपत्ता रहेकी ४५ वर्षीया महिलाको हत्या भएको खुलासा भएको छ। हत्यामा संलग्न रहेको आशंकामा दुई जना पक्राउ परेका छन्।

वृन्दावन नगरपालिका–१, बलेरी खोरका रुपन राउत पटेलकी श्रीमती ४५ वर्षीया फूलमतिया देवीको हत्या भएको हो। बिश्रामपुरस्थित जंगलमा खाल्टो खनेर गाडेको अवस्थामा बिहीबार उनको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार फुलमतिया गत १४ चैतको साँझदेखि बेपत्ता भएकी थिइन्। घरबाट डेढ किलोमिटर पूर्व (जंगल छेउमा) रहेको गोठबाट घर फर्किने क्रममा उनी हराएकी थिईन।

परिवारले खोजतलासका लागि प्रहरी कार्यालमया निवेदन दिएका थिए। खोजी गर्ने क्रममा भोलिपल्ट घर नजिकै सय मिटर पूर्व मकैबारीमा चप्पल र साडी फेला परेको थियो। त्यसको सातौं दिन शव फेला परेको डीएसपी कार्कीले वताए।

उनका अनुसार बलेरी खोरस्थित रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वृन्दावन–१ का जितेन्द्र पटेल र सुशील विश्वकर्मालाई पक्राउ गरेको छ। दुवैसँग सोधपुछ भईरहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट