सिरहामा एकै पटक सीडीओ, राष्ट्रपतिको ज्वाईँ दाबी गर्ने एसपी र डिएसपीको जिम्मेवारी खोसियो, यस्तो छ कारण

लहान– आफुलाई राष्ट्रपति रामचन्द्र पौडेलको ज्वाइँ भनेर चिनाउने सिरहा प्रहरीका एसपी रमेश पण्डितको जिम्मेवारी खोसिएको छ। पण्डितलाई जिल्ला इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरी हेडक्वाटर तानिएको छ।
औरही गाउँपालिका– ५ मा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती भएको भन्दै सुरु भएको आरोप–प्रत्यारोपपछि पण्डितलाई अवधि नपुग्ने मंगलबार हेडक्वाटर तानिएको हो। सिरहामा नयाँ प्रहरी प्रमुखका रूपमा एसपी अनन्तराज शर्मालाई पठाइएको छ। उनी पोखरा स्थित गणमा कार्यरत थिए।
यसअघि शुक्रबार सिरहाका सीडीओ बासुदेव दाहाल पनि गृह मन्त्रालय तानिएका थिए। सिराहाको सीडीओमा कपिलवस्तुका सीडीओ विश्वप्रकाश अर्याललाई पठाइएको छ।
यसैगरी, एसपीलाई जिम्मेवारीबाट हटाएको २४ घण्टा नपुग्दै इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोती पनि जिम्मेवारीमुक्त भएका छन्। त्यहाँ डीएसपी हिरेन्द्र रोकायालाई पठाईएको छ।
Jun jogi yaye kanai chireko